निशा शर्मा नेपाली रङ्गमञ्चको 'माइलस्टोन' नाम हो । नाटकका अलावा उनले केही चलचित्रमा पनि काम गरेकी छन् । तर चलचित्र क्षेत्रको शून्य संस्कारले उनलाई त्यति प्रभावित पारेन ।  आफूले अभिनय र निर्देशन मात्र गर्ने होइन, अनुज पुस्ताहरूलाई स्कुलिङ गराउने काम पनि गर्छिन् । वर्तमान नेपाली रङ्गमञ्च र चलचित्रका स्थापित कतिपय कलाकार प्रत्यक्ष–परोक्ष उनको स्कुलिङबाट आएका हुन् । उनी लगायत आरोहण र गुरुकुल नाटक मञ्चन लिएरै संसारका कयौँ देशहरू पुगेकी छन् । कयौँ देशका नाट्यकर्मीलाई नेपालमा नाट्य मञ्चन गर्न ल्याएका पनि छन् । नेपाली नाट्य क्षेत्रलाई संसारका कयौँ देशमा उभ्याउन/चिनाउन उनको पनि ठूलो योगदान छ । पुतलीको घर, अग्निको कथा, रसोमन, न्यायप्रेमी आदि उनका प्रतिनिधि नेपाली नाटक हुन् । उनीद्वारा अभिनित एक नाट्य चरित्रको मुड आज हामीले यहाँ समावेश गरेका छौँः 







यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार