भनिन्छ, नेपाल नाटक र रंगमञ्चको उर्वर भूमि हो । यो भूमिले सुनिल पोख्रेल, अनुप बराल, दयाहाङ् राई, विपिन कार्की, सृजना सुब्बा, सरिता गिरी, दिया मास्के लगायत सयाैँ रंगकर्मीहरूको इमान्दार पौरख पाइसकेको छ । र, त्यही भूमिमा आफ्नो सपना रोप्न र फुलाउन हजारौँ रंगकर्मीहरू युद्ध लडिनै रहेका छन् । त्यो युद्धमा कति शहिद बन्छन् त कति बादशाह ।

रंगमञ्चको यो अद्भुत संसारमा संघर्षरत अर्को नाम हो अंकित खड्का । हाल केन्द्रमै रहेर रंगकर्म गरिरहेका उनी सिन्धुपाल्चोकका हुन् । एक दशकको यात्रामा उनले 'माथापन्चरु', 'बैतर्णी क्याफे', 'झिम्के मामा', 'मितज्यू' लगायत दर्जन बढी नाटकहरूमा अभिनय गरिसकेका छन् ।

त्यस्तै 'डमरुको डण्डी बियो', 'हुर्रे', 'धर्ती पुत्र' लगायत ८ बढी चलचित्रमा उनको अभिनय रहेको छ । अंकितले 'जार' नाटकबाट रंगमञ्चमा पहिलो पाइला चालेका हुन् भने 'घामपानी'बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका हुन् । त्यो बाहेक उनका सर्ट मुभी र म्यूजिक भिडियोहरू पनि छन् । सालिन, शान्त स्वभावका उनी मिलनसार र सहयोगी भावना राख्दछन् ।

उनै रंगकर्मी अंकित खड्का सँग 'द मार्जिन'ले गरेको कुराकानीको क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरेको छौँः







 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार