रंगमञ्चको महासागरमा सम्भावना बाँच्ने अर्का कुशल रंगकर्मी हुन्, इँगिहोपो कोइँच सुनुवार । 

सिन्धुली घर भई हाल केन्द्रमै परिवारसँग बस्दै आइरहेका उनी विगत ७ वर्षदेखि अनवरत रूपमा रंगमञ्चमै सक्रिय छन् । यो अवधिमा उनले सय बढी नाटकमा अभिनय, निर्देशन, लाइट डिजाइन, सेट डिजाइ, ग्राफिक डिजाइनरको रूपमा नाटकको विभिन्न पाटोहरूमा सम्हालेका छन् ।

सिकाइमा विश्वास राख्ने उनले 'जारः भएकै एउटा कथा', 'दयालु रूख', 'पाँच', 'एनिमल फार्म' लगायत ३० बढी नाटकहरूमा अभिनय गरिसकेका छन् भने 'डमरुको डण्डीबियो', 'क्याफे', 'देशलाई छुने पाइला' लगायत चलचित्र तथा लघु चलचित्रमा पनि अभिनय गरिसकेका छन् । 

रंगमञ्चका अलावा उनी अध्ययन, भ्रमण र लेखनमा रुचि राख्छन् ।







यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार