नवलपरासी । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था डण्डा शाखाले समूहका महिला लागि व्यावसायिक झोल साबुन फिनेल र हार्पिक बनाउने तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ३७ जना सदस्यहरुलाई उद्यमी बनाउन एक दिने तालिम दिएको हो ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. को गण्डकी प्रदेश अन्तर्गत  नवलपरासी (ब.सु.पू) जिल्ला कावासोती नगरपालिका वडा नं १६ डण्डामा रहेको शाखाको आयोजनामा १ दिने व्यावसायिक झोल साबुन,फिनेल र हार्पिक बनाउने तालीम कार्यक्रम सम्पन भएको छ । कावासोती नगरपालिका वडा नं १६ को अग्यौली सामुदायिक स्रोत पुस्तकालयको सभाहलमा शुरु भएको कार्यक्रमको कावासोती नगरपालिका वडा नं १६  अध्यक्ष श्री आनन्द श्रेष्ठज्यूले उद्घाटन गरेका थिए र अतिथिका रुपमा डण्डा इलाका प्रहरी कार्यालय प्रमुख राजन आचार्य सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. का अनुगमन स्टेशन कार्यालय भरतपुरको अनुगमन अधिकृत दामोदर पौडेल प्रशिक्षक गोपाल अधिकारी र डण्डा शाखाका शाखा प्रमुख ‌शान्ति बि.क. रहनु भएको थियाे । शाखा प्रबन्धक ‌शान्ति बि.क.  अनुसार कावासोती नगरपालिका वडा नं १६ अग्यौली सामुदायिक स्रोत पुस्तकालयको सभाहलमा भएको तालिममा ३७ जना बढी महिला सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक  बताए ।
तालिममा कावासोती नगरपालिका वडा नं १६ वडा अध्यक्ष  आनन्द श्रेष्ठले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार जथाबाबी कर्जा नचलाउन साथै तालीम लिइ सके पछि उद्यमी बन्न  सहभागिहरुलाई अनुरोध गर्नु भएको थियो । यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने साथै अहिले नगरे कहिले गर्ने मैले नगरी कस्ले गर्ने भन्दै तालिम समापन गरीयो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार