मेची इङ्लिस बोर्डिङ स्कूलमा याक्थुङ (लिम्बु )भाषा पठनपाठन उद्घाटन ।

पाँचथर, १४ माघ २०८० आइतबार । पाँचथर फिदिम ४ स्थित मेची इङ्लिस सूकलमा लिम्बु भाषाको अध्यन/अध्यापन हुनेभएको छ । आइतबार उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक तथा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनकोबाट उद्घाटन गरिएको हो । 



कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिङ थेगिम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, फिदिम वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस शैक्षिकशत्रमा कक्षा ६ र ७ लाई अध्यापन गराउने र क्रमश कक्षाहरु बढाउदै लैजाने उक्त स्कूलका प्रीन्सिपल सीता सेलिङ्ले बताउनुभयो । भाषा शिक्षिकाको रुपमा अल्पाइन युनिभर्सिटी सिक्किमको लिम्बू डिपार्टमेन्टमा अध्यनरत केसामहाङमा नेम्बाङलाइ नियुक्ति गरिएको सेलिङ्ले बताइन् ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार