टोकियो/किरात याक्थुङ चुम्लुङ, जापानले मिति २०२४ जनवरी २८ तारिख आइतबार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा विधान सम्मेलन गर्ने मिति तय गरेको

              आसन्न छैटौं महाधिवेशलाई सहज रूपमा सम्पन्न गर्न महाधिवेशन अगावै विधान सम्मेलन गर्न लागिएको संस्थाका महासचिव मुक्साम लाओतीले बताउनु भएको विधान सम्मेलनमा संशोधित विधान मस्यौदा प्रस्तुत गरि पारित गरिने साथै, विधान सम्मेलनकै समयमा संस्थाको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरि छलफलबाट पारित गर्ने कार्यक्रम तय गरिएको

              किरात याक्थुङ चुम्लुङ, जापानको संशोधित विधान मस्यौदा निर्माणका लागि उपाध्यक्ष देवेन्द्र लाओतीको संयोजकत्वमा सचिव लाखध्वज मादेम्बा सदस्य लोकेन नेयाङहाङ दुई सदस्य रहनेगरि तीन सदस्यीय संशोधित विधान मस्यौदा निर्माण समिति बनाई जिम्मेवारी प्रदान गरिएको साङ्गठनिक प्रतिवेदन तयारीका लागि महासचिव मुक्साम लाओती आर्थिक प्रतिवेदन तयारीका लागि कोषाध्यक्ष सन्दीपकुमार चेम्जोङलाई जिम्मेवारी प्रदान गरेको

              किरात याक्थुङ चुम्लुङ, जापानले साधारण सदस्यताका लागि आव्हान गरि जापानमा रहेका दुई सय एकहत्तर जना याक्थुङहरूलाई साधारण सदस्यता वितरण तथा नवीकरण गर्ने कार्य सम्पन्न गरेको साधारण सदस्यहरूलाई मिति २०२४ जनवरी २० सम्ममा छैटौं महाधिवेशनमा प्रतिनिधि बन्नका लागि नाम दर्ता गर्न आव्हान गरेको

          विधान सम्मेलनमा संस्थाको कार्यमितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, क्षेत्रीय समितिका पदाधिकारीहरू महाधिवेशन प्रतिनिधिहरूको सहभागिता हुनेछ सम्मेलनले संशोधित विधान तथा साङ्गठनीक आर्थिक प्रतिवेदन पारित गर्नुका साथै भावी लक्ष्य तथा योजनाबारेमा बृहत् छलफल गर्नेछ

 

             

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार