भिमकुमार सेलिङ ‘आयोमा दर्पण’ काे पनि संयुक्त बिमोचन

 

काठमाडौं ।  कवि लिला सेलिङ माबाेको याक्थुङ्/लिम्बु कविताकृती ‘सेप्म्माङलक’ तथा लेखक भिमकुमार सेलिङको ‘आयोमा दर्पण’ कृतिको संयुक्त रुपमा बिमोचन गरिएको छ । शनिबार काठमाडौं काेटेश्वरस्थित द बर्गर हाउमा आयाेजित साहित्यिक जमघटकाबिच दुइ कृति विमोचन गरिएको हो । प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ तथा कवि प्राज्ञ श्रवण मुकारुङ, लेखक येहाङ लाअाेती, प्राज्ञ अमर तुम्याहाङ, लेखक जिके पोखरेल, राजनितिज्ञ आङ काजी सेर्पा , लेखक भगिराज इङनाम लगायत अतिथिहरुको उपस्थिति र यालेस उपत्यकाको आयोजनमा कार्यक्रम सम्पन्न भएको थियाे ।



कवि तथा गितकार लिला सेलिङकाे ‘लाहुरेनि पिडा’ (२०१४) तथा ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’ (२०२१) पुस्तकहरु यसअघि बजारमा आईसकेका छन् । यस पटक भने उनले याक्थुङ/लिम्बु भाषामा कविता कृति प्रकाशनमा ल्याएकि छिन् । उनका आधा दर्जन बढि गीतहरू रेकर्डेड छन् । उनै लेखिका सेलिङका  पिता भिम कुमार सेलिङ पाचथर जिल्ला याङ्वरक ३, ओयामस्थित श्री गुप्तेश्वर माविका पूर्व प्र.अ. हुन् ।  भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक केही वर्ष अघि प्रकाशित गरिसकेका छन्।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार