एजेन्सी - भारतमा काेराेना संक्रमित घटे पनि ज्यान गुमाउनेकाे संख्या भने झनै बढेकाे छ । पछिल्लाे २४ घ‍न्टामा मात्रै भारतमा १७३३ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा १ लाख ६१ हजार ३८६ जना संक्रमित थपिएका छन् भने २ लाख ८१ हजार १०९ जना संक्रमणमुक्त भएका छन् । 

अघिल्लाे दिन भारतमा १ लाख ६७ हजार ५९ जना संक्रमित थपिँदा २ लाख ५४ हजार ७६ जना संक्रमणमुक्त भएका थिए  । ११९२ जनाले ज्यान गुमाएका थिए । 

पछिल्लाे तथ्यांक अनुसार अहिले भारतमा १६ लाख २१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार