एजेन्सी - भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे बताएको हो । 

याे संख्या अघिल्लाे २४ घण्टाकाे तुलनामा २९ हजार ७२२ ले धेरै रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । 

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण ७०३ जनाले ज्यान गुमाएका छन् । २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जानकारी दिएकाे छ । 

अहिले भारतमा २० लाख १८ हजार ८ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । संक्रमणदर १७.९४ प्रतिशत रहेकाे छ । भारतमा काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि हुनेकाे संख्या ९ हजार ६९२ पुगेकाे छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार