एजेन्सी - भारतमा पछिल्लाे २४ घन्टामा १ लाख ७२ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा १ लाख ७२ हजार ४३३ संक्रमित थपिँदा २ लाख ५९ हजार १०७ जना संक्रमणमुक्त भएका छन् । 

याे अवधिमा १००८ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाएकाे मन्त्रालयले बिहीबार बिहान जानकारी दिएकाे छ । 

अहिले भारतमा १५ लाख ३३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । ज्यान गुमाउनेकाे संख्या ४ लाख ९८ हजार ९८३ पुगेकाे छ ।अघिल्लाे दिन १७३३ जनाकाे मृत्यु भएकाे थियाे भने १ लाख ६१ हजार संक्रमित थपिएका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार