मोडेल, गायिका तथा गीतकार सविता कार्कीले अब छिट्टै आफ्नै जीवन कहानीमा आधारित गित बजारमा ल्याउने बताएकी छिन् । उनको केहि समय अगाडि मात्र बजारमा आएको लोक दोहोरी गीत आइदेऊ मेरो छेऊ, नत्र तिम्रो बर्को ओड्न देऊले चर्चा पाएसँगै कलाकार कार्कीले उक्त गितले धेरै दर्शकहरुको मन जित्न सफल भएकोमा खुशी व्यक्त गरिन् ।

मोडेल समेत रहेकी कार्कीले बर्को ओड्न देऊ गितको रचना गर्ने क्रममा प्रशंग फरक हुदाहुदै पनि पछि गित रेकर्डिङ्ग गर्ने समयमा गितले अर्कै मोड लिएको बताइन् । उनले दर्शकहरुको रुचि अनुसार समय सान्दर्भिक गित ल्याउनु पर्ने अहिलेको आवश्यकता भएको बताइन् । कार्कीले अब छिट्टै आफूले जीवनभर गरेको संघर्षलाई संगीत मार्फत दर्शकहरुमा ल्याउने तयारीमा लागेको जानकारी पनि गराएकी छिन् ।

उनले महिलालाई सांगितिक क्षेत्रमा अगाडि बढ्न अनेक चुनौती रहेको उल्लेख गर्दै आफू सानैदेखि गीत संगीतलाई धेरै माया गर्ने भएकाले सांगितिक यात्रालाई छोड्नै नसक्ने बताइन् ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार