नेपाल जन प्रशासक संघका अध्यक्ष कृष्णहरि बास्कोटाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै उनले हरेक व्यक्तिमा राष्ट्रियताको भावना जागृत हुनु पर्ने भन्दै विदेशी उत्पादनमा पर निर्भर नभई आफ्नै देशको उत्पादनलाई उपयोग गर्ने तर्फ ध्यान दिनु पर्ने बताए ।

            उनले विश्वव्यापीकरणको प्रभावमा परेर कुनै पनि बाह्य मुलुकले आफ्नो उत्पादनलाई छोडेर अर्काको देशमा उत्पादित वस्तुलाई महत्व नदिने परम्परा रहेको पनि उल्लेख गरे । उनले विभिन्न बहानामा स्थानिय उत्पादनलाई बेवास्ता गर्न नहुने भन्दै यसका लागि मानसिकता नै परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । काम सिकेकाहरुले पैसा कमाउनकै लागि बाह्य मुलुक जानु नपर्ने भन्दै हातमा सिप भएकाहरुलाई नेपालमै पनि रोजगारीका अवसरहरु रहेको बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार