पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले कर्णाली प्रदेश पर्यटनको लागि सुनखानी जस्तै भएकाले यसलाई बेच्न सक्नु पर्ने बताएका छन । द मार्जिन मिडियासंग कुराकानी गर्दै उनले पश्चिम नेपालमा पर्यटनका थुपै्र आधारहरु भएकाले पर्यटन प्रवद्र्धनका लागि निजी तथा सरकारी पक्षले हातेमालो गर्न जरुरी रहेको बताए । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारा ताल, फोक्सुन्डो ताल, लिमी भ्याली लगायतका महत्वपूर्ण प्राकृतिक स्रोतहरु पनि कर्णालीमै रहेकाले कर्णालीको सुन्दरता बेचेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

        उनले भने “कर्णाली सुनको डल्लो हो, यहाका थुपै्र हिमालहरु, जडीबुटी, कला, संस्कृति पर्यटनका आधारहरु हुन । तर प्रकृतिले दिएका स्रोतहरु समक्ष पुग्न पर्यटनका लागि चाहिने सडक निर्माण, हवाइ यातायात लगायतका सेवा, सुविधाको विस्तारमा ध्यान दिनु पर्यो ” । उनले पर्यटन प्रवद्र्धनका लागि सरकारले बनाएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

           युवा पर्यटन व्यवसायी रोकायाले युवाहरुलाई पर्यटन क्षेत्रमा लाग्न आग्रह गर्दै बेरोजगारी र गरिबी कम गर्नका लागि पर्यटनको विकल्प नभएको बताए । उनले आफूले पर्यटकहरुलाई जति सक्दो राम्रो र सहज तरिकाले सेवा सुविधा दिन तयार रहेको उल्लेख गर्दै घुम्न जाने ठाउँको भौगोलिक अवस्थाको बारेमा बुझेर मात्र जाँदा दुःख पनि नपाइने बताए ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार