साउन २२ गते लिम्बुवानी जनताको अस्मिता लुटिएको र आन्तरिक औपनिवेसिक लादिएको कालो दिनकाे रुपमा  राष्ट्रिय जनमुक्ति पार्टी लगायत  पहिचान पक्षधर सहित छ वटा घटकले आह्वान गरेको संघसंगठनहरुले अरुण पुर्ब ९ जिल्ला  लिम्बुवान बन्द गरेका छन ।



विसं १८३१ साउन २२ गते जालझेलपूर्ण सन्धि गरेर सार्वभौम लिम्बुवान भूमि नेपालमा गाभेको भन्दै आह्वान गरिएको बन्दले आज यातायात सेवा अवरुद्ध भएको छ । साउन २२ गतेको सन्धिले नै लिम्बुवानको सार्वभौम खोसिएकोले उक्त दिनलाई कालो दिन घोषणा गरिएको बताउछन ।



बन्द कारण पूर्वका मुख्य शहरहरु  धरान, इटहरी, बिराटनगर, दमक, बिर्तामोड, धनकुटा, तेह्रथुम, ईलाम,  फिदिमलगायतका मुख्य सहरको बजार क्षेत्र ठप्प छ ।  साथै लामो दुरीको यातायात चलेको छैन । अत्यावश्यक सेवा एम्बुलेन्स, दुधको गाडीलगायत भने चल्न  दिईएको छ । बन्दकर्ताहरु मुख्य चोकमा बसेर सडकमा अवरोध गरेका छन्।
बन्दको प्रभाव निजि तथा सरकारी कार्यलय, विद्यालयहरुलगायतमा देखिएको छ । 



 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...