जुम्ला - जुम्लाकाे तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ । केही दिनपछि यहाँको तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुग्ने माैसम विभागकाे पूर्वअनुमान छ । बढ्दाे चिसाेबाट जाेगिन यहाँका सर्वसाधारणले जसाेतसाे प्रयास त गरीरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेकाे छ ।

बरफ बनेकाे पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान ताताे बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेकाे ताताेपानी कुण्डले निकै राहत दिइरहेकाे छ । जब जुम्लामा चिसो बढ्छ तातोपानीकाे कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनकाे लागि तातोपानी पर्यटक व्यवस्थापन समितिसमेत गठन भएकाे छ । यसले तातोपानीमा नुहाउन आउनेकाे व्यवस्थापन र कुण्डकाे संरक्षण गरिरहेकाे छ । ताताेपानी धारामा नुहाएकाे जिल्लाभित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितले लिने गरेकाे समितिका कर्मचारी छकबहादुर बुढाले बताए ।  उनले भने, 'एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ ।' यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, 'जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्लाभन्कादा बाहिरका मानिससमेत आउने गरेका छन् ।' 

नशासम्बन्धी समस्या भएका ध‍ेरै आउँछन् 
सिंजा गाउँपालिका-१ की ५६ वर्षीया खुमेनी दमाईलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो । यहाँकाे तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं ताताेपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएकाे बताउँने धेरै भेटिन्छन् । यही करण चिसाे बढेसँगै तातोपानी  धारामा नुहाउनेकाे संख्या ह्वात्तै बढेकाे छ । 

महिलाका लागि असुरक्षित 
नुहाउन आउने महिलाका लागी धारा असुरक्षित बन्दै गएकाे चन्दननाथ नगरपालिका-५ की सुस्मिता कठायतले बताइन । उनले भनिन्, 'नुहाउने धरामा महिला पुरुष सराबरी हुन्छन् । सँगै नुहाउनु पर्दा महिलाहरूले असुरक्षित महशुस गर्ने उनकाे भनाइ छ । उनले भनिन्, 'धारामा नुहाउँदै गर्दा पुरुषहरू महिलालाई निहालेर हेर्छन् । महिलाहरू अशुरक्षित ठान्छन् ।' गाउँपालिकाले महिला र पुरुषका लागि अलग अलग धारा बनाउन आवश्यक भएकाे उनकाे भनाइ ।

तातोपानी गाउँपालिकाको दुई वटा धारा थपेर  केही फराकिलो भने बनाएकाे बताएकाे छ । एक ठाउँमा महिला र  आर्को ठाउँमा पुरुषका लागि बनाएकाे हाे । तर व्यवस्थापन राम्राे हुन भने सकेकाे छैन । पालिकाले ६० लाख खर्चर शौचालय, पार्क र  धारा निर्माण गरेको भए पनि व्यवस्थापना  राम्रो भएको छैन । टिकट काट्ने सिस्टम गरेपनि सुरक्षा बारे समितिले नसाेचेकाे हरिबहादुर बुढाले बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...