तेह्रथुम - केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्ताे हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलाे बन्ने गर्थे । किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएकाे थियो ।

तर, केही समययता जिल्लाका ६ वटै पालिकामा हटियाहरू हराउँदै गएका छन् । जिल्लाकै चर्चित छथर शनिश्चरे हाटसमेत कोरोनाका कारण दुई बर्षदेखि बन्द छ । जिल्लाको विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला पाँचथर र धनकुटाका गाउँबाट समेत याे हाट भर्न सर्वसाधारणा आउँथे । तर, पछिल्लो समय हाट नै लाग्न छाडेपछि यहाँका स्थानीय उत्पादनसमेत बिक्रीमा हुन छाडेकाे स्थानीय मानबहादुर लिम्बूले बताए । उनी भन्छ्न्, ‘कुनै बेला निक्कै नाम चलेको बजार हो शनिश्चरे हाट । हरेक शनिबार हाट लाथ्यो । हामीले फलाएका फलफूल र तरकारी बिक्री गर्न टाढा जानु पर्दैनथ्यो । अझ गाउँमा पाहुना आउँदा यही हटियाबाट मासु किनिन्थ्यो । तर, कोरोनाका कारण हाट नै लाग्न छाडेपछि न यहाँका उत्पादन बिक्री हुन्छन् न त आवश्यक परेको सामग्री नै किन्न पाइन्छ ।’

द्धन्द्धकालमा जिल्लाका कहलिएका केही मेला विस्थापित भएका थिए । अहिले त ऐतिहासिक मेलाहरू नाममा मात्रै सिमित बनेका छन् । कुनै समय मानिसले खचाखच हुने हटिया यतिबेला सुनसान बनेका छन् । गाउँमा सडक सञ्जालहरू जोडिएसँगै घरघरैबाट सामान ओसारपसार गर्दा पनि हटियामा असर परेको हाे । गाउँमा रहेका हटियाहरू नागरिकको लागि भने आवश्यक रहेको स्थानीय मदन फुयाँलले बताए । गाउँमा फलाएका थोरबहुत फलफूल, तरकारी, खाद्यन्य खरिदबिक्रीका लागी हटिया लगाउनु पर्ने फुयाँलको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा हरेक बार जसाे हटिया लाग्दै आएका थिए । सर्वसाधारणाले स्थानीय सरकार आएपछि त हटिया अझै व्यवस्थित हुन्छन् हाेला भन्ने आशा गरेका थिए । तर, कोरोनाका कारण हटिया नै बन्द भएपछि निराश बनेका छन् । करिब आघा घण्टाको पैदल दुरीमा लाग्ने गरेका हटियाहरू बन्द भएपछि घण्टौ लामो यात्रा गरेर सामग्री बिक्री गर्नु पर्नै बाध्यता आएकाे स्थानीयकाे भनाइ छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...