काठमाडौँ – साहित्यकार वैरागी काइँलालाई मस्तिष्क घात भएको छ । बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि ओम अस्पताल भर्ना गरिएको हो ।
काइँला सुकेधारास्थित आफ्नै घरमा रहेको बेला एक्कासी बेहोश भएपछि उनलाई अस्पताल लगिएको हो । ८२ वर्षीय काइँला एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख कृतिमा काम गरिरहेका थिए । उनको देब्रे हात चलेको छैन भने बोली पनि प्रष्ट नबुझिएको पारिवारिक स्रोतले जनाएका छ ।
हाल उनी नसासम्बन्धी चिकित्सकको निगरानीमा रहेका छन् । वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको शुरूवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन् ।
उनले मुन्दुमबारे पाँच दशकदेखि निरन्तर खोज, अनुसन्धान गर्दै लिपिबद्ध गरी हाल सम्म दर्जनभन्दा बढी कृति प्रकाशन गरेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...