मुगु: मृत अवस्थामा भेटिएकी मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नंं -८ कि ९ बर्षिय लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि हत्या गरिएको खुलेको छ । घटनाबारेमा जानकारी दिन बुधबार आयोजित प्रत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरीनायव उपरिक्षक चित्र बहादुर भट्टराईले लक्ष्मीको बलात्कारको प्रयास गरिएको र बालिका चिच्याउँदा हल्ला हुने डरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको बताए । हत्यामा संलग्न सोरु गाउँपालिका वडा नं- ८ का २० बर्षीय प्रवेश रावलले अपराध स्विकार गरेसँगै प्रत्रकार सम्मेलन मार्फत प्रहरीले प्रवेशलाई सार्वजनिक गरेको हो ।
गएको शनिबार देखि हराएकी भनिएकी सोरु गाउँपालिका -८ कि, ९ बर्षीय लक्ष्मि चौलागाईंलाई सोरु गाउँपालिका-८ का प्रवेश रावलले बलात्कारको प्रयास गरि बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिका चिच्याउँदा हल्ला हुने डरले हत्या गरेको प्रवेशले बयानमा बताएका छन्। शनिबार तारापानीको घर नजिकै खेलिरहेकी ९ बर्षिया लक्ष्मी शनिबारदेखि हराएपछी स्थानिय र प्रहरीले खोजतलास गर्दा बालिकाको घरदेखि ५ सय मिटर टाढा मुगु कर्णाली नदि घाट नजिकै माछा मार्न गएका स्थानीयहरुले बालिकाको लास मुगु कर्णालीको नदीबीच भागको ढुङ्गामा अड्किएको अवस्थामा तीन दिनपछि सोमबार फेला पारेका थियो ।
लास फेला पारेको स्थानभन्दा केही मिटर पर भेटिएका चाउचाउका पाकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सिप बजारमा दुई जनामात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझतिर बालिकाको घर नजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको र उक्त घटनाको शंकास्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा प्रवेशले बयानमा हत्या गरेको तर बलत्कार नगरेको स्विकारेको प्रहरीले बताएको छ ।
हत्या गरि कर्णालीमा फालेको र बालिकाको टाउँकोको दायाँ पट्टीको भागमा र छातिमा चोट रहेको अनुसन्धान क्रममा प्रत्यक्षस्थलमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरिक्षक नरेश विकले बताए । प्रहरी निरिक्षक विकका अनुसार प्रहरीले नियन्त्रणमा लिइएको युवाले आफु शनिबार माधक पदार्थ सेवन गरेको र त्यो दिन ति बालिकालाई बलात्कारको प्रयास गरेपनि आफुले बलत्कार भने नगरेको प्रहरीलाई बयान दिएको छ । थप अनुसन्धानकालागि उनलाई १० दिन म्याद थपि अनुसन्धान थालिएको छ ।
बालिकाको पोष्टमार्टम भइसकेको र भेजाइनल स्वाव र भिसेरा संकलन गरी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । त्यसको रिर्पोट आएपछि मात्र बालिकाको बलत्कार भएको हो होईन, भन्नेबारे थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले बताएका छन ।मृत अवस्थामा फेला परेकी बालिका लक्ष्मी श्री ग्रिलाह बालज्योति प्राथमिक विद्यालयमा कक्षा २ मा पढ्दै गरेकी र विद्यालयकै अनुशासित र जेहेन्दार बिद्यार्थी रहेकी बताईएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...