काठमाडौँ – विभिन्न विश्वविद्यालयका १२ जना पूर्वउपकुलपतिहरूले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई सरकारी पदाधिकारीले अनुचित दबाब नदिन माग गरेका छन् । 

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, नवीनप्रकाश जङ्ग शाह, कैलासनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन तथा नरेशमान बज्राचार्यका तर्फबाट त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति माथेमाले जारी गरेका विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र उपध्यक्ष डा. श्रीकृष्ण गिरीलाई सुरक्षा प्रदान गर्न माग गरेका हुन् । 

प्रधानमन्त्रीको गृह जिल्ला झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौ विश्वविद्यालयबाट सम्बन्धन दिलाउन स्वयं प्रधानमन्त्री र शिक्षामन्त्रीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई दबाब दिनुलाई ‘दुर्भाग्य’ भएको भन्दै सरकारले पदीय मर्यादा र विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्न पनि आग्रह गरिएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार