द मार्जिन

काठमाडौं, असार - ९ 

परिणाममुखि शिक्षामा विशेष जोड दिँदै आएको काठमाडौं–१६, बालाजु स्थित नेशनल मोडल इङ्गिलिश सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकमाझ तीन दिवसीय शैक्षिक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । उक्त अभिमुखिकरण तालिम जेठ ३१, असार ६  र ७ गते गरी तीन चरणमा सम्पन्न भएको हो ।

प्रभावकारी तथा परिणाममुखी शिक्षण सिकाइमा शिक्षक-कर्मचारी, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुने हुँदा विद्यालयले शिक्षण सिकाइमा अपनाउने नवप्रवर्तनका विधिहरुको सफल प्रयोगको लागि शिक्षक, कर्मचारी, विद्यार्थी एवं अभिभावकका लागि यो अभिमुखिकरण तालिम सञ्चालन गरिएको शैक्षिक अभियन्ता एवं विद्यालयका प्रधानाध्यापक डि.एन अधिकारीले बताए ।


 


बढ्दो शहरी जीवनशैलीका कारण शिक्षक विद्यार्थीको शिक्षण सिकाइमा प्रत्यक्ष असर पर्ने हुनाले विद्यालयले शिक्षक्, कर्मचारी र अभिभावकको शारिरिक तथा आध्यात्मिक स्वास्थ्यमा सचेतना जगाई  अध्ययन अध्यापनमा अझ बढी प्रभावकारिता बढाउने उद्धेश्यले योग, मेडिटेशन तथा मोटिभेसनका सेसनहरु  समेत सञ्चालन गरिएका थिए ।

शिक्षाविद् तथा आध्यात्मिक गुरु डा.विवेक विनयी, शिक्षाविद् तथा मोटिभेसनल ट्रेनर डा.ताराजी एवं मोटिभेसनल स्पिकर ईश्वर श्रेष्ठले यो अभिमुखिकरण तालिम प्रदान गरेका हुन् । शिक्षक, विद्यार्थी र अभिभावक गरी २ हजार भन्दा बढी सहभागीले उक्त कार्यक्रममा सहभागिता जनाएको कुरा  प्रधानाध्यापक अधिकारीले बताए ।


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार