काठमाडौँ ।  गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्बेले ‘मन्थ अफ द आर्टिस्टका’ रूपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरिका लागि चुनेको छ ।

जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ । नर्बेको दक्षिणी शहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, संस्कृति, सृजनशील र सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र  हो । केन्द्रले संसारभरवाट आएका मानिसहरूलाई नि:शुल्क सांस्कृतिक, भाषिक, सृजनशील, सौन्दर्यहरू आदानप्रदान गराउँदै हितैषी भावना जगाउने काम गर्नुका साथै मानिसहरूलाई नि:शुल्क क्षमतावृद्धि तालिम प्रदान गर्दछ । केन्द्रले आफ्नो प्रदर्शनीकक्षमा हरेक महिना एक कलाकारको सृजनालाई समावेश गर्ने गर्दछ । 


 


जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्द र भाषामा मात्रै होइन, फोटोमा पनि कविता भेटिन्छ ।’ भन्छन्

प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, सूक्ष्म र वाइल्ड फोटोहरू समावेस गरेका छन् । जहाँ नेपालको परिचयन दिने तस्वीरहरू बढी छन् ।  कला र साहित्यमा सक्रिय आङदेम्बे अढाई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा पनि निरन्तर साधनारत छन् । हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी आफूचाहिँ पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न रुचाउँछन् ।

जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्द र भाषामा मात्रै होइन, फोटोमा पनि कविता भेटिन्छ ।’ भन्छन् । त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन् ।



‘सियन’ नर्बेको प्राचीन र ऐतिहासिक शहर हुनका साथै विश्वप्रसिद्ध कवि, नाटककार हेनरिक इव्सेनको जन्मभूमि पनि हो । यस्तो स्थानमा महिनाभर एउटा कलाकर्मीको रूपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् । 

नर्बेजियन फोटोग्राफर बमहेक आङदेम्बे एक मात्र सहभागी विदेशी मूलका फोटोग्राफर हुन् । नर्बे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्न देश हो ।

सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि आङदेम्बेको अर्को फोटो प्रदशर्नी चलिरहेको छ । दक्षिण नर्बेका लोकप्रिय फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’ को ब्यानरमा  एक दर्जन फोटोग्राफरहरूको पैतालिसवटा फोटोग्राफी सहभागी छन् । जहाँ आङदेम्बेको ‘प्रेमको आकास’ ‘रंगहरूको जङगल’ र ‘ईश्वरको रंग’ शीर्षकका तीनवटा फोटो सहभागी छन् । यो प्रदर्शनी मे पहिलो हप्ताबाट शुरु भएर जुन महिनाभरि रहनेछ । नर्बेजियन फोटोग्राफरबाहेक आङदेम्बे एक मात्र सहभागी विदेशी मूलका फोटोग्राफर हुन् । नर्बे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्नदेश हो । त्यसमाथि फोटोग्राफी विधालाई नर्बेमा कलाको उत्कृष्ठ विधाको एउटा स्वरूपका रूपमा हेर्ने गरिन्छ ।

आङदेम्बे भन्छन्, “हरेक कुराको भाष्य र मूल्य निर्माण गर्न आवश्य हुनेरहेछ । भाष्य र मुल्य निर्माण गर्नलाई संस्कार र संस्कृति निमार्ण गुर्नपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ । सिक्न पाएँ ।”

आङदेम्बेलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइरहेको छ ।



आङदेम्बे ‘लोपे नर्बे’ नामक संस्थामा फोटोग्राफर र सहयोगीको रुपमा काम गर्दै आइरहेका छन् । ‘लोपे नर्वे’ नाफारहित मानवहितकारी संस्था हो । जसले नर्बेमा बाहिरवाट आएका सबै प्रकारका मानिसहरूलाई निःशुल्क कानुनी सहयोग, शैक्षिक सहयोग, कामका लागि सहयोग, भाषिक–सांस्कृतिक सहयोग, शैक्षिक सहयोग र सम्भावनाका मार्गहरू देखाउने काम गर्दछ । औसतभन्दा कम आर्थिक दर भएका परिवारहरूलाई खान, बस्न, लाउन सहयोग पुर्याउँछ । संस्थाले नर्बेबाहिर युरोपका धेरै देशहरूमा समेत कार्य गर्दछ । प्राकृतिक, मानवीय विपत्तिका लागि संसारभरि खाना, लत्ताकपडा, पाठ्य सामाग्री आदि सहयोग गर्ने गर्दछ । 

यसका अलावा आङदेम्बे नर्बेजियन भाषाको डकुड्रामा लेखन र निर्देशनमा समेत स्थानीय फिल्ममेकरसँग कार्य गर्दै आइरहेका छन् । साथै उनी दक्षिणी नर्बेको व्यावसायिक, सक्रिय नर्बेजियन फोटोग्राफरहरूको समूह ‘ग्रेनल्यान्ड फोटो क्लव’ का सदस्य समेत हुन् । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार