सन्जीव लिम्बू

सियन- सेप्टेम्बर १ तारिखका दिन दक्षिणी नर्वेमा बसोबास गरिरहेका नेपालीभाषी भुटानी र नेपालीहरूले संयुक्त रूपमा दशैं तिहार शुभकामना आदान प्रदान साथै साहित्यिक, सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । 



दक्षिणी नर्वेको सुन्दर सहर सियनमा सम्पन्न कार्यक्रममा साहित्यकार डिल्लीराम आचार्यको उपन्यास ‘उच्छेदन’ र थुक्तेन ड्रुक्पाको गजल संग्रह ‘फर्केर पूर्व’ माथि पनि चर्चा परिचर्चा भएको थियो । दुवै कृतिमाथि स्रष्टा प्रकाश आङदेम्बेले विचार राखेका थिए । 



कार्यक्रममा सांस्कृतिक नृत्य, साहित्यिक रचना वाचनका साथै नेपालीभाषी समाजका अग्रज पुस्ताहरूलाई खादा लगाएर सम्मान गरिएको थियो ।



“नर्वेमा उसै पनि नेपालीहरू कम छौँ । सबै आ–आफ्नो कामले व्यस्त पनि भइन्छ तर बेलाबेला यसरी कार्यक्रम गर्दा आफ्नो भाषा, संस्कृतिलाई टेवा पुग्छ”, आयोजक सदस्य छवि आचार्यले भने । हेमा चापागाईको सञ्चालन, थुक्तेन ड्रुक्पाको प्रमुख आतिथ्य र मोहन सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार