ललितपुर । ललितपुरको एकान्तकुनास्थित आधारशीला एकेडेमीबाट विसं. २०७८ को एसईई परीक्षा दिएका विद्यार्थीहरूको बिदाई गरिएको छ ।

हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी आफूहरू भन्दा अघिल्लो ब्याजका एसईई दिएका विद्यार्थीहरूलाई खादा सहित मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन ।

मन्तव्य राख्दै प्राचार्य गणेश गिरी

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गणेश गिरीले विद्यार्थी जीवन नै जीवनको सबैभन्दा रमाइलो र संघर्ष गर्ने समय भएकाले आगामी दिनमा सुन्दर भविष्य निर्माणका लागि मेहनेतलाई निरन्तरता दिन विद्याथीहरूलाई सुझाव दिए ।

उनले अघिल्ला वर्षहरूमा आधारशिला एकेडेमीबाट एसईई दिएका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै २०७८ को एसईई परीक्षा दिएका विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे । बिदाई समारोहमा मावि तहका संयोजक शम्भु सुवेदी, शिक्षक सुरेश ठाकुर, दिनेश दास कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मायाको चिनो दिदै

सो कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक झलकहरू समेत प्रस्तुत गरेका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार