मुगु : हिमाली जिल्ला मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाकाले बिद्यालय बन्द नगर्ने निर्णय गरेको छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको भए पनि मुगुमा रहेका चार वटा स्थानीय मध्ये छायाँनाथ रारा नगरपालिकाभित्रका सामुदायिक बिद्यालयले भने  बन्द नगर्ने निर्णय गरेको हो । 
मंगलबार बाट लागु हुने गरी चैत २० गते सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय भएको भएपनी मुगुको छायानाथ रारा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा बिद्यालय बन्द नगरी पुर्ववत रुपमा पठनपाठन नियमित गराउने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ  ।  
वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । मंगलबार छायाँनाथ रारा नगरपालिकाले एक सुचना जारी गर्दे यहा त्यस्तो खालको वातावरणीय प्रभाव न्युन देखिएको हुदा विद्यालय बन्द नगरी पुर्ववतरुपमा बिद्यालय सञ्चालन गरी पठनपाठन लाई नियमित बनाउने निर्णय गरिएको छ ।
विगत लामो समय सम्म कोभिड १९ को कारण शैक्षिक क्षेत्र प्रभावित भई  कोर्स पुरा हुन नसकेको हुँदा निकट भविष्यमा विद्यार्थीहरुको वार्षिक परिक्षा सञ्चालन हुने भएको कुरा लाई आत्मसाथ गर्दे छायाँनाथ रारानगरपालिकाले मिति ०७७ चैत १६ को निर्णय अनुसार नगरपालिका भित्रका सम्पुर्ण शिक्षण संस्थाहरु बन्द नगरी पुर्ववत रुपमा सञ्चालन गरि पठनपाठन लाई सुचारु गर्न पत्रसमेत दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लले जानकारी दिए । 

उनले भने विद्यालय बन्द हुदैनन् । नियमित रुपमा पठनपाठन गर्छौं, यदि हामीले विद्यालय बन्द गर्यौंभने विद्यार्थीको पढाईमा बाधा पुग्ने उनको भनाई छ ।  नगरपालिका भित्र ४६ वटा बिद्यालय रहेका छन् । यसै बिच मुगुका अरु तिन गाउँपालिका खत्याड गाउँपालिका,सोरु गाउँपालिका र मुगुमकामारोगं गाउँपालिकामा भने बिद्यालय बन्द रहेका छन ।


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राज्यश्वर मल्ल

लेखकबाट थप...

सम्बन्धित समाचार