काठमाडौं -  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अलपत्र पर्न नदिने युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले बताएका छन् । भरतपुर महानगरपालिकाले भरतपुरमा आयोजना गरेको निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे अन्तर्क्रिया कार्यक्रममा मन्त्री गहतराजले  रंगशाला मन्त्रालयको विशेष चासोको विषय रहेको बताए ।  

महाहानगर र धुमुर्स–सुन्तली फाउन्डेसनले आर्थिक प्रतिवेदनको काम सकेर स्वामित्त्व हस्तान्त्रणको काम पहिला सल्ट्याउनुपर्ने उनको भनाइ छ । रंगशाला निर्माण कार्य एउटा चरणमा पुगेकाले मन्त्रालयले अलपत्र पर्न नदिने मन्त्री गहतराजको भनाइ छ ।

उनले भने, ‘अबको बाँकी काम केन्द्र सरकार, प्रदेश सरकार र महानगरको संयुक्त प्रयासबाट अगाडि बढाउने कि केन्द्र सरकारको स्वामित्त्वमा महानगरले अपनत्त्व लिएर अगाडि बढाउने बारेमा छलफल भइरहेको छ ।’ उनले पीपीई मोडलमा जान सकिन्छ कि भनेर पनि छलफल गरिरहेको जानकारी दिए । 

निर्माणधीन रंगशालामा ४० हजारभन्दा बढी मानिसको आर्थिक र विभिन्न किसिमको योगदान रहेकाले यसलाई चाँडै सम्पन्न गर्नका लागि सकरात्मक तवरले सहयोग गर्नुपर्ने सबैको दायित्त्व हुने उनले जनाए । खेलकुद क्षेत्रका अलपत्र पूर्वाधार निर्माणका काम पूरा गर्नका लागि वैदेशिक दातृ निकायहरुसँग कूटनीतिक तवरबाट छलफल गरिरहेको मन्त्री गहतराजले बताए । 

रंगशालाको काम राष्टिय सहमतिका आधारमा थालिएको परियोजना भएकाले अलपत्र छाड्न नहुने मन्त्री गहतराजको भनाइ थियो । भरतपुरमा निर्माणधीन रंगशाला खेलकुद क्षेत्रको ड्रिम पोजेक्टको रुपमा रहेकाले यसलाई विशेष चासोको रुपमा अगाडि बढाइने उनले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार