उदयपुर- शीतललहर चलेसँगै बढेको जाडोबाट कठ्यांग्रिएका उदयपुर त्रियुगा नगरपालिका–३ मोतीगडाका विपन्न मुसहर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
दैनिक काम गरेर दुई छाकको गर्जो टार्न नसकेका २८ परिवारलाई प्रकृतिप्रेमी समाज उदयपुर र कपडा बैंक गाईघाटको संयुक्त पहलमा कपडा उपलब्ध गराएका हुन् ।
बढ्दो शीतलहरका कारण मुसहरबस्तीका सर्वसाधरण कठ्यांग्रिएर काम गर्न नसकेपछि ज्याकेट, सुइटर, जुत्तालगायतका न्यानो कपडा वितरण गरिएको कपडा बैंकका सञ्चालक दिनेश श्रेष्ठले बताए ।
चिसोले उनीहरूको दैनिकीमा समेत असहजता पुगेको वडाध्यक्ष अवधेशप्रसाद चौधरीले वताए । उनले भने, ‘आर्थिक रूपमा कमजोर रहेका जेष्ठ नागरिक चिसोका कारण कठ्यांग्रिने, बिरामी हुनु थालेपछि सहयोगी संस्थाको खोजी गरी सहयोग गरेका हौँ ।’
चिसो बढेका कारण मुसहर परिवार घरबाट बाहिर निस्कन नसकेको, जतिबेला पनि आगो तापेर बस्दा कतिपय अवस्थामा शरीरमा आगोसमेत सल्किने खतरा बढेकाले सुरक्षित साथ राख्न सहयोग गरेको प्रकृतिप्रेमी समाजका सदस्य भुवन राउतले बताए । वडाभित्र मुसहरको संख्या निकै रहेकाले आर्थिक रूपले विपन्न ज्याला मजदुरी गरी बसेकालाई सहयोग गरिएको उनले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...