बाँके- माइती नेपालले  नाकाबाट सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई उद्धार गरेको छ । नेपालगञ्जको जमुनाह नाकाबाट उनीहरुलाई उद्धार गरिएको हो ।

माइती नेपाल नेपालगञ्ज शाखाको अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ । सुर्खेतका ४३२ जनालाई एक वर्षमा पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुवै सङ्ख्या अघिल्लो वर्षभन्दा बढी हो ।

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको सङ्ख्या ११ छ । एक वर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकामा २३ जना मात्र फेला परेका छन् ।

रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा पुगेका ३२२ जनाको अवस्था अज्ञात रहेको पाइएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार