काठमाडौँ- विसं २०७२ को भूकम्पले गर्दा क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माण सम्पन्न भएको छ । 

काष्ठमण्डप उद्घाटन आगामी माघ २ गते भूकम्प दिवसका दिन हुने भएको छ । काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् काष्ठमण्डप पुनःनिर्माण गरिएको हो । 

भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त सम्पदा विसं २०७५ वैशाख १६ गतेदेखि पुनःनिर्माणको काम समितिमार्फत सुरु गरिएको थियो ।   

हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । यहाँ ७० सम्पदामध्ये १२ मा मात्रै भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनःनिर्माण भइरहेको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार