एजेन्सी- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले चीनसँग हिन्द प्रशान्त क्षेत्रमा 'आक्रामक कारबाही' रोक्न अपिल गरेका छन् । 

अमेरिकी विदेश मन्त्री यस क्षेत्रमा भ्रमणमा रहेका छन् र एक सम्बोधनका क्रममा उनले यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ । 

एन्टनी ब्लिंकनले अमेरिकी प्रभुत्व भएको क्षेत्र या फेरि चीनको प्रभुत्व रहेको क्षेत्रकाबीच कुनै प्रतिस्पर्धाको प्रश्न नभएको बताउँदै  हिन्द प्रशान्त क्षेत्रमा रहेको बताए ।

उनले यस क्षेत्रको शान्ति र विकासका लागि यो आवश्यक भएको बताए । यस क्षेत्रमा चीनको आक्रामक कारबाही चिन्ताको विषय भएको उनको भनाइ थियो । 

उनले पूर्वोत्तर एसियादेखि लिएर दक्षिणपूर्वी एसियासम्म  र मेकोंग नदीदेखि लिएर प्राशान्त द्वीपसम्म चीनको आक्रामकताले चिन्ता थपिएको बताए । 

अमेरिका हिन्द प्रशान्त क्षेत्रलाई लिएर चिन्तित रहेको उनको भनाइ थियो ।

अमेरिकी विदेशमन्त्री यतिबेला इण्डोनेशियाको भ्रमणमा रहेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार