कैलाली- टीकापुरबाट उत्पादन शुरु गरेको बसु पेन्सको छोटो समयमा माग बढ्न थालेको छ । बसु ग्रुप्स टीकापुरले बसुन्धारा पेन्स कम्पनी स्थापना गरी बसु पेन्सका विभिन्न सात वटा ब्रान्ड सहितका कलम बजारमा ल्याएको छ । कम्पनीले पाँच रुपैया देखि पैतिस रुपैयाँ सम्मका पेन बजारमा ल्याएको हो । पश्चिम नेपालमै पहिलो पटक बसु ग्रुप्सले पेन उत्पादन शुरु गरेको ग्रुपका संस्थापक योगेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट हाल दैनिक झण्डै ६० हजार गोटाको हाराहारीमा पेन उत्पादन भएर बजारमा जाने गरेको छ । बसु पेन्स सुदूपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न बजारमा बिक्री वितरण भइरहेको भण्डारीको भनाई छ । 

                  हामीले वि.सं. २०७५ सालमा लगभग ५ लाख रुपैयाको लगानीमा सामान्य अवस्थामा घरेलु कम्पनीका रुपमा काम गर्न शुरुवात गरेका हौ, उनले भने ‘अहिले कम्पनीमा करिब १ करोड भन्दा धेरै लगानी गरीसकेका छौ’ । युवा उद्यमी समेत रहेका भण्डारीले पश्चिम नेपालमा कलम उत्पादन गर्ने कम्पनी नभएकाले यस क्षेत्रको माग धान्नका लागि बसु पेन्सले कलम उत्पादन शुरु गरेको बताए । उनले बसु पेन्सको बजारमा राम्रै माग बढीरहेको उल्लेख गरे । 'हामीले उत्पादनको छोटो समयमै सबै ठाउँबाट राम्रो प्रशंसा पाएका छौ, अझै हामी हाम्रो उत्पादनलाई बढाएर लैजान्छौ', भण्डारीले भने। प्रयोगकर्ताहरुले पेन्सको गुणस्तर पनि धेरै राम्रो भन्ने गरेको उनले बताए । 

कच्चा पदार्थको लागि भारतमै निर्भर तर भन्सार प्रक्रिया झन्झटिलो

कम्पनीले पेन बनाउन चाहिने आवश्यक कच्चा पदार्थका लागि भारतमै निर्भर हुनु परेको बताएको छ । नेपालमा कलम उत्पादनका लागि कच्चा पदार्थको उलब्धता नहुदा भन्सार जाँच र पास गराउँदा प्रक्रिया निकै झन्झिटिलो हुने गरेको कम्पनीको भनाई छ । कम्पनीलाई चाहिने कच्चा पदार्थ धेरै दिन सम्म भन्सारमा थन्किदा यसको असर उत्पादनमा पनि पर्ने भएकाले कच्चा पदार्थ ल्याउने काम सहज हुनु पर्ने बसु ग्रुप्सका सदस्य योगेन्द्र भण्डारीले बताए । उनले कानुनी प्रक्रिया पुरा गरि आयात गरिने कच्चा पदार्थ सहज रुपमा ल्याउने वातावरण सिर्जना गरि दिनका लागि सरकारलाई अनुरोध समेत गरे । स्वेदशमा उत्पादन बढाएर राष्ट्रको आम्दानी बढाउन चाहन्छौं, सरकारले हामी जस्ता व्यवसायीहरुलाई कसरी सहज हुन्छ त्यसैगरी काम गर्ने माहोल पनि बनाइ दिए उद्योग सञ्चालन गर्न कठिनाई नहुने भण्डारी बताउँछन् ।

                                       उनले भन्सार छलेर भित्रिने भारतीय कलम बजारमा सस्तो दरमा बिक्री वितरण हुदा मूल्यमा प्रतिस्पर्धा गर्न चुनौती भएकाले यसरी भन्सार छलेर आउने कलमजन्य सामग्रीको चेकजाँचमा कडाई गर्नु पर्नेमा जोड दिए । हाल सात वटा ब्रान्डका कलम उत्पादन गरिरहेको बसुन्धारा कम्पनीले अब छिट्टै इरेजर, ए फोर साइज पेपर, पेन्सिल पनि उत्पादन गर्ने तयारी शुरु गरीसकेको छ । बसुन्धारा पेन्स कम्पनीले निकट भविष्यमै बजारको मागलाई समेत ध्यानमा राख्दै कलमका ब्राड थप्दै जाने जनाएको छ । टीकापुरमा सञ्चालित बसुन्धारा कम्पनीमा अहिले १८ जनाले रोजगारी समेत पाएका छन । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार