रोल्पा- जीप दुर्घटना हुँदा रोल्पामा चारजनाको मृत्यु भएको छ ।
आज जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेका छन् ।
लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो ।
अन्य घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...