काठमाडौँ- नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र ५० हजार डलरभन्दा महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने निर्णय २४ घण्टा नबित्दै फिर्ता लिएको छ ।
शुक्रबार बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यी सामान आयात बन्देज तत्काललाई हटाइएको परिपत्र जारी गरेको थियो ।
बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आर्थिक वर्षका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरेको थियो।
यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने बनाएको थियो ।
छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि ५० हजार मेट्रिक टन आयात गर्ने व्यवस्था गरेको थियो ।
बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधन आयातमा लगाएको पूर्ण बन्देज पनि हटाएको थियो ।
सोहीअनुसार विदेशी मुद्रा सटही सुविधा दिन क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलाई निर्देश गरेको थियो ।
तर अब यी सामान आयातमा गत असोज १७ गतेको निर्णयअनुसार नै बन्देज कायम रहने भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...