काठमाडौँ- आजको मन्त्रिपरिषद् बैठकले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई राहत दिने निर्णय गरेको छ ।

सरकारले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । 

निर्णय अनुसार १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिइने छ । १० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गामा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र ३  बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय भएको हो ।

साथै सरकारले  न्यूनतम समर्थन मूल्य निर्धारण गरी राहत दिनका लागि  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय पनि गरेको छ। उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृतीका लागि पेश गर्नेछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार