काठमाडौँ – काठमाडाैँ उपत्यकामा बिहीबारदेखि रातिको समयमा सवारी साधन चलाउन नपाइने भएकाे छ । 

काेराेना भाइरसकाे प्रकाेप बढ्दै गएपछि प्रशासनले बेलुकी ८ बजेदेखि सवारी सञ्चालन गर्न नपाइने भएको हाे ।

प्रशासनले निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा  सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।  निर्माण सामग्री ढुवानीका लागि भने  राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।

त्यस्तै, पसलहरू साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार