काठमाडाैँ - शिक्षा र स्वास्थ्य आम नागरिकको नैसर्गिक अधिकार हो । अझ निःशुल्क शिक्षा र स्वास्थ्य त समाजवादी राज्य व्यवस्थाको पहिलो सर्त हो । नेपालका अधिकांश मूलधारका राजनीतिक दलहरू आफूलाई समाजवादी कित्तामा उभ्याउँछन् । तर, प्रायः सबै मूलधारका दलहरूको लागि शिक्षा र स्वास्थ्य क्षेत्र नाफा कुम्ल्याउने प्लेटफार्म जस्तो भएको छ । 

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान दलीय भागबण्डा र नाफाखोरको शिकार भइरहेको समाचार आइरहेको बेला अहिले फेरि नयाँ सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको छ । यो नियुक्तिलाई लिएर सर्वत्र टिकाटिप्पणी पनि भइरहेको छ । 

शिक्षा र स्वास्थ्य सम्बन्धी तमाम वेथितीलाई लिएर बृहत नागरिक आन्दोलनले विरोध पनि गरिरहेको छ । साेमबार पनि यसका केही अभियन्ताहरू प्लेकार्ड बोकेर एक घण्टा माइतीघरमा धर्ना दिइरहेका थिए । 








तस्वीरः राज मल्ल 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार