काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। 

जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन ।

शैक्षिक संस्थाहरू अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन । आज बसेको बैठकले सोही निर्णयलाई निरन्तरता दिने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरीएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको थियो ।


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार