भयाभय भारत 

कोरोनाभाइरस महामारीका कारण भारत अहिले गम्भीर रूपमा प्रभावित छ । स्थिति यति गम्भीर छ कि त्यहाँ दैनिक करिब साढे तीन लाख थप सङ्क्रमित भेटिएको अनि २७ सय भन्दा धेरैको ज्यान गएको जनाइएको छ ।

अहिले नेपालमा कोरोनाका कारण औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ । पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ । शनिबार पनि १४ जनाको निधन भएको थियो । आइतबार बाँके जिल्लामा मात्रै ६ जना मारिएका छन् । 


 पछिल्लो समय ‘हटस्पट’ बनेको भारतमा विश्वभरिका संक्रमितको झन्डै ६० प्रतिशत छन् । आइतबार साँझ भारतमा नयाँ संक्रमित २ लाख २४ हजार ९ सय ५९ पुगेका छन् । त्यही समय विश्वको कूल नयाँ संक्रमित संख्या ३ लाख ९४ हजार ९१ जना थियो ।भारतको राजधानी दिल्लीमा अस्पतालहरू भरिएका छन् र बिरामी फर्काउन वाध्य भइरहेका छन् । त्यहाँ लकडाउन लम्ब्याइएको छ । भारतका अधिकांश क्षेत्रमा अहिले भेन्टिलेटर तथा अक्सिजनको अभाव छ । 

भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् । अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ । ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ,’ राष्ट्रपति जो बाइडनले भनेका छन् ।

यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ ।


कोभिड संक्रमणबाट निधन भएकाहरूको दाहसंस्कार गरिँदै, तस्बिरः रोयटर्स


 

‘यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ,’ यूकेका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन् ।

सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ । यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।
त्यस्तै छिमेकी बाङ्लादेशले सङ्क्रमण फैलनबाट रोक्न सोमवारदेखि भारतसँगको सिमाना बन्द गर्ने बताएको छ । 

फ्रान्सले पनि भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ । साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ । भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुधार होस् भनेर प्रार्थना गरेको बताएका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन् । भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ । 

नेपाल त्यही लयमा
 
दोस्रो लहरको सङ्क्रमण नेपलमा पनि भारत जत्तिकै भयाभह हुने आकंलन गरिएको छ । बाँके जिल्लाको वर्तमान स्थितिले त्यही भन्छ । त्यहाँको अनुगमनका लागि अहिले सरकारी टोली नेपालगञ्ज पुगेको छ टोलीले स्थिति एकदमै जटिल भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

‘अहिले प्रारम्भिक चरण हो, बाँके मात्र होइन अब देशभर नै फैलन्छ,’ नेपालगञ्ज पुगेका स्वास्थ्य मन्त्रालयका डा. महेन्द्र श्रेष्ठले भनेका छन्, ‘यहाँ अस्पतालहरू भरिएको छ । अस्पताल विस्तार गर्न आज सबै निकायसँग छलफल गर्दै छौँ ।’

अहिले नेपालमा पनि द्रूत गतिमा संक्रमण फैलिरहेको छ । विज्ञका अनुसार, अरु रोग नभएका युवाको पनि कोभिडका कारण धमाधम मृत्यु भइरहेको छ । संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ भने मृत्युदर पनि बढेको छ ।

दोस्रो लहरको संक्रमण उच्च दरमा फैलिएका मुलुकमध्ये नेपाल अग्रस्थानमा छ । गत साताभन्दा यस साता कोरोना संक्रमण झन्डै २४१ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ । जबकी छिमेकी मुलुक संक्रमण बृद्धी दर माल्दिभ्समा ८०, भारतमा ६०, पाकिस्तानमा १३ प्रतिशत छ । नेपालको यो संक्रमण बृद्धीदरले भन्छ, यहाँको स्थिति भारतको भन्दा विकराल हुनसक्छ ।

अहिले नेपालमा कोरोनाका कारण औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ । पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ । शनिबार पनि १४ जनाको निधन भएको थियो । आइतबार बाँके जिल्लामा मात्रै ६ जना मारिएका छन् । 

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएयता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो । यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार, मुलुकभर आइतबार संक्रमित भने ३ हजार १ सय २२ जना थपिएका छन् । ९ हजार २ सय ९२ पीसीआर र ७ सय ६ एन्टिजेन गरी १० हजार ७८ जनाको परीक्षण गरिएको थियो । काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाभित्र काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी १ हजार ४ सय ९८ जना संक्रमित छन् । मुलुकभर २ सय ५२ जना आईसीयूमा भर्ना भएका छन् । जसमध्ये ६५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२  पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जना तथा होम आइसोलेसनमा १७ हजार ७ सय ८८ जना छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाका अनुसार,  यो दोस्रो लहरको कोरोना संक्रमण एकदमै तिब्रसंक्रमण फैलिएको छ भने यसले युवालाई बढी गाँजेको छ । अहिले नेपालमा कोरोनाको यूके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्टका भाइरसको संक्रमण पनि फेला परेका छन् । चिकित्सकका अनुसार, यी भाइरस एकबाट अर्कोमा छिट्टै सर्ने गर्छन् । 


कोभिड संक्रमणबाट निधन भएकाहरूको भारतको पूर्वी दिल्लीमा शनिबार दाहसंस्कार गरिँदै, तस्बिरः द न्युयोर्क टाइम्स


दोस्रो लहरको संक्रमण उच्च दरमा फैलिएका मुलुकमध्ये नेपाल अग्रस्थानमा छ । गत साताभन्दा यस साता कोरोना संक्रमण झन्डै २४१ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ । जबकी छिमेकी मुलुक संक्रमण बृद्धी दर माल्दिभ्समा ८०, भारतमा ६०, पाकिस्तानमा १३ प्रतिशत छ । नेपालको यो संक्रमण बृद्धीदरले भन्छ, यहाँको स्थिति भारतको भन्दा विकराल हुनसक्छ ।

भारतमा दोस्रो लहरको सङ्क्रमण रोक्न असफल भएको भन्दै प्रधानमन्त्री मोदीको सरकारको आलोचना भएको छ । भारतमा हालसालै ठूल्ठूला राजनीतिक ¥याली एवं धार्मिक भेला भएका थिए । त्यसैगरि नेपालमा संक्रमण जटिलतालाई लत्याउँदै प्रधानमन्त्री के पी शर्मा ओली ११ बैसाखमा आफै कार्यकर्ता भेला पारेर धरहरा उद्घाटनमा ब्यस्त थिए ।

 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार