एजेन्सी- पाकिस्तानको पञ्जाब प्रान्तमा गएको २४ घण्टामा १ हजार भन्दा बढी सडक दुर्घटनाहरू भएका छन् ।
पाकिस्तानका खुला क्षेत्रहरूमा बाक्लो कुहिरोले गर्दा सडक दुर्घटनाहरू बढिरहेका छन् ।
उक्त दुर्घटनामा कम्तिमा ११ जनाको ज्यान गएको छ भने १ हजार १६ घाइते भएको संचार माध्यमहरुमा उल्लेख गरिएको छ ।
घाइतेमध्ये ५ सय ७६ जना गम्भीर घाइते भएका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...