काबुल - तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयाेगकाे अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरूलाई व्यूँउताउन आवश्यक छ । ’
पश्चिमा शक्तिहरूले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरूका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।
देशमा स्वतन्त्र र निस्क्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...