यांगुन - म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएकाे छ । मृत्यु हुनेहरूमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारवादी समूहले जनाएका छन् । म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ ।
‘हामीले अमानवीय र पाशविक हत्याको कडा शब्दमा निन्दा गर्छौं, पछिल्लो घटनाले मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ, ’ समूहले भनेको छ ।
सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ । ती व्यक्तिहरूलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
स्थानीय र मानवअधिकारवादी समूहले सार्वजनिक गरेको तस्वीरमा आधाभन्दा बढी जलेका ३० ओटा शव देखिन्छन् । जलाइएको शव आफ्ना कार्यकर्ताहरूको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ । सो फोर्सले म्यानमारको जुन्ता सरकारको विरोध गदैै आएको छ ।
‘आधा जलेको शवको थुप्रो देख्दा हामी आश्चर्य परेका छौँ,’ फौजका एक कमान्डरले भने ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...