एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्प्रर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बाइडेनले बताएका हुन् । 

अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा  ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’

उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्नेछु ।’

आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्मेदवारी दिने उनले बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार