एजेन्सी - संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको प्रस्ताव २६१५ पारित गर्दै मानवीय उद्देश्यका लागि अफगानिस्तानमा पैसा प्रवाह गर्न अनुमति दिएको स्थानीय सञ्चार माध्यमले बिहीबार  जनाएका छन् ।

नयाँ प्रस्तावको आधारमा अमेरिकाले मानवीय उद्देश्यका लागि अफगानिस्तानमा आर्थिक प्रतिबन्धहरू खुकुलो पार्नेछ र तालिबान अधिकारी र उनीहरूका संस्थाहरूलाई प्रक्रियामा संलग्न हुन अनुमति दिने कुरा खामा प्रेसले  उल्लेख गरेको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कदमको स्वागत गर्दै अफगान जनताको समर्थनमा अन्तरराष्ट्रिय समुदायसँगै एकजुट रहेको बताएका छन् । 

आज बिहान राष्ट्रसंघले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित  गरेको हाे । यसैबीच, भारतले संकटग्रस्त देशलाई मानवीय सहायताका लागि प्रतिबन्धहरूबाट छुट दिने प्रस्तावलाई समर्थन गरेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार