एजेन्सी- होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सियोमरा क्यास्ट्रो नयाँ  राष्ट्रपति निर्वाचित भएको जनाएको हो ।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेतृ सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएको निर्वाचन आयोगले सोमबार घोषणा गरेको हो ।

यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।

उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी छन् । उनी होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डुरसको पहिलो महिला राष्ट्रपति भएकी छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार