एजेन्सी - हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ । हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो ।
हङकङको विधायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरूले जितेका थिए ।
मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले उम्मेदवार माथिसमेत कडा निगरानी गरेको थियो ।
निर्वाचनले हङकङको प्रजातन्त्र समाप्त पारेको विभिन्न देशहरूले आरोप लगाएका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका विदेशमन्त्रीले चीनको नयाँ नियमले संसदमा अर्थपूर्ण राजनीतिक प्रतिद्वन्द्वीको सम्भावना अन्त्य गरिदिएको बताइएका छन् ।
त्यस्तै, जी ७ मा आबद्ध देश र युरोपेली युनियनले पनि हङकङको चुनावप्रति चासो देखाएका छन् ।
यसैबीच, चीनको विरोध गर्ने देशको बेइजिङले भर्त्सना गरेको छ । हङकङको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै बेइजिङले भर्त्सना गरेको हो । अन्य देशहरूले हङकङको यर्थातलाई नजरअन्दाज गरेको चीनले आरोप लगाएको छ ।
मंगलबार अस्ट्रेलियास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै हङकङ मामिलामा अन्य देशले अनावश्यक चासो लिएको आरोप लगाएकाे छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...