एजेन्सी- इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ । कोभिड –१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो ।

टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । टोटनहमका १३ जनामा कोरोना संक्रमण देखिएको थियो। 

यूईएफएले यो खेल पुनः खेलाउन नसकिने भन्दै रेनसलाई विजयी घोषणा गरेको हो । 

टोटेनहमले यो निर्णयमा असन्तुष्टि व्यक्त गरेको छ । यद्यपि नियामकको नियम आफूहरुले मान्ने क्लबले बताएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार