फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । प्रभावित टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ ।
राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३ लाखभन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थिए ।
आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ। बिजुलीका पोलहरू ढलेका छन् र गाउँहरू बाढीमा परेका छन् ।
राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।
सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...