काठमाडौं- पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । 

विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुको समेत मृत्यु भएको छ ।

विस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही विस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार