एजेन्सी- एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो । ‘२९ नोभेम्बरमा  सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका   प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।

के छ विज्ञापनमा ?
भिडियाे विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरु चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्ताे देखिन्छन् ।

विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’  प्रवृत्तिसँग दाँजिएकाे छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रुपमा यसलाई अनैतिक र असभ्य मानिन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार