अटाेवा - क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ । रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रूपमा माफी मागेका हुन् ।
‘दन्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् ।
यौन दुर्व्यवाहरकाे घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरू पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा वहालवाला गरी ११ जना सैन्य अधिकारी बर्खास्तीमा परेका छन् । उनीहरूमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।
पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरूमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...