काठमाडौँ- भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । 

काठमाडौँमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल-भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए । 

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । 

यसअघि भाजपाका हर्षवद्र्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार